दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

मिडिया पोइन्ट मिडिया पोइन्ट
२ महिना अगाडि
दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं। अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगरका फ्यानहरुलाई खुशीको खबर । यो जोडि पुनः एकपटक ठूलो पर्दामा एकसाथ देखिने पक्का भएको छ ।

पछिल्लो समय सुपरहिट फिल्म ‘जारी’ मार्फत दर्शकको मन जितेको यो जोडी अब नयाँ फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा पुनः दोहोरिने भएका हुन् ।

विश्राम फिल्मस्प्राको निर्माणमा बन्न लागेको यो फिल्मलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गर्ने भएका छन् । निर्माण टिमका अनुसार यो फिल्मको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ ।

दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी रुचाइएका र सर्वाधिक चर्चित अन– स्क्रिन जोडीमध्ये एकका रूपमा स्थापित भइसकेको छ ।

फिल्म ‘ऊनको स्वीटर’ बाट अभिनेत्री मिरुना मगरले केही दिनअघि मात्रै राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

निर्माण पक्षका अनुसार ‘रातो घेरा’ लाई अझ भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ । साथै अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले यो फिल्मलाई थप प्रभावशाली बनाउने विश्वास गरिएको छ । साथै, फिल्ममा रहने अन्य कलाकार र प्राविधिक टिमको विवरण क्रमशः सार्वजनिक गरिने पनि जनाइएको छ ।